विराटनगर। उदयपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जीप बिहीबार बिहान उदयपुरको बेलका नगरपालिका –७ मैनामनीको चेङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटना भएको स्थान भोजपुर र उदयपुरको सिमानामा पर्छ ।
दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ । उद्धारका क्रममा थप एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दल बहादुर राईले बताए । ७ जनाको घटना स्थलमै मृत्यु भएको उनले बताए ।
मृत्यु हुनेमा चालक रमेश बस्नेतसहित ३ जना पुरुष, ३ महिला र एक जना बच्चा रहेको उनले बताए ।८ जनाको उद्धार गरिएको उनले बताए । घाइतेमध्ये ५ जनालाई स्थानीयको गाडीमार्फत् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।
अन्य ३ जनालाई सप्तकोशीको जेटबोटबाट गाडी भएको स्थानतर्फ लगिँदै गरिएको उनले बताए ।भिरालो बाटोमा सडक भन्दा ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते