काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् ।बुधवार प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डले १५७ मत पाएका हुन् । विपक्षमा ११० मत पर्यो । बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा प्रचण्डले १९ मत बढी पाए ।
२६८ सांसद उपस्थित भएकोमा १ सांसदले पक्ष/विपक्ष कतै पनि मत दिएनन् ।प्रचण्डलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मत दिएका थिए ।
नेपाली कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरे । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रचण्डले संसद्मा तेस्रोपटक विश्वासको मत लिएका हुन् ।
यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले २७५ मध्ये २६८ सांसदको समर्थन पाएका थिए ।२०७९ चैत ६ गते प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले संसद्का १७२ सांसदको समर्थन पाएका थिए ।
नेकपा एमालेसहितका दलको समर्थनमा प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी
सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
जसपा फुटाउन मेरो कुनै भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले