काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।७ हजार रुपैयाँ घुससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत अधिकृत पार्धेविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानका लागि सिफारिश गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका थिए ।उनलाई विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख स्टोर सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा