काठमाडौं। राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहेका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।
उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत प्राप्त भएको बैठकको अध्यक्षता गरिरहनुभएका सभाका उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराइन्। सो प्रस्तावमा ५६ सदस्यले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १३ : ४४
लेखकबाट थप