सत्ता समीकरण बदलिनु समयको माग : सदस्य अछामी

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १२ : २७
सत्ता समीकरण बदलिनु समयको माग : सदस्य अछामी

काठमाडौं। नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले समयको माग र आवश्यकताले सत्ता समीकरण बदलिएको बताएका छन् ।राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै अछामीले नयाँ समीकरण समयको माग भएको बताएका हुन् ।

‘नेपालमा भएका दलहरू सबैको भूमिकाबाट देशमा परिवर्तन सम्भव भएको छ । यसलाई हामी स्थापित गर्दै संस्थागत गर्दै अगाडि बढेका छौं’, अछामीले भने, ‘अहिले समीकरण बदिलएको छ । यो आवश्यकताले भएको हो ।

वामपन्थी, परिवर्तनगामी शक्तिले एक हुँदा सुशासन, स्थायित्व, सामाजिक न्याय र समाजवादतिर जान सकिन्छ । वामपन्थी र नयाँ शक्तिले देशमा सुशासन कायम गर्दै बेथिति अन्त्य गर्ने संकल्प गरेका छन् । यो समयको माग हो ।’

प्रतिक्रिया दिनुहोस