काठमाडौ । राष्ट्रियसभा अध्यक्ष बन्ने दौडमा राष्ट्रियसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अहिले तनावमा छन्।
कांग्रेस–माओवादीसहितका आठ दलीय सत्ता गठबन्धनबाट अध्यक्षका लागि पक्का गरेर गत माघ २५ मा भएको राष्ट्रियसभा निर्वाचनबाट सदस्य बनेका सिटौला गठबन्धन परिवर्तनसँगै अध्यक्षको पासा पल्टिएपछि तनाव बढेको हो ।
कांग्रेससँगको सत्ता सहयात्रालाई पूर्णविराम दिँदै नेकपा एमालेसहितको पाँचदलीय सत्ता समीकरण बनाएका प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार पुगेका सिटौलाले चित्त दुखाउँदै ‘कांग्रेसलाई मात्रै नभएर व्यक्तिगत रूपमा मलाई पनि किन धोका दिनुभयो’ भनेर प्रश्न गरेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २८ फागुन २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला
सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्यो : नेता सिटौला
कांग्रेस चुनौती सामना गर्न तयार छ : कृष्ण सिटौला
पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको हो : कृष्णप्रसाद सिटौला
राष्ट्रिय सभामा निर्वाचित भएपछि शेखर निवास पुगे सिटौला
यो गठबन्धन केही दशकसम्मै नटुट्ने सिटौलाको दाबी