काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। सोमबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने रास्वपाले जनाएको छ।
बैठकमा आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनबारे छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए।
आजको बैठकबाट रास्वपाले इलाम–२ को निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने अपेक्षा गरिएको छ।
रास्वपाले इलाम–२ को निर्वाचनका लागि तयारी थालिसकेको छ। इलाम–२ मा रास्वपाले चुनावी कमाण्डर पनि खटाइसकेको छ। त्यहाँ पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी खटिएका छन्।
यस्तै, रास्वपाले ६ जना सांसदलाई इलाम पठाएर जनभावना बुझ्ने काम गरेको थियो। सांसदहरूले बुझेर ल्याएको जनभावनाको ‘सर्भे’बारे पार्टी बैठकमा छलफल हुने ती नेताले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै