काठमाडौं। महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहनपुर जाने बाटोको ढलान गर्दा अनियमितता गरेको आरोपमा आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।गाउँपालिकाको वडा नम्बर ६ स्थित इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान कार्यमा अनियमितता भएको आयोगको दाबी छ ।
योजना, बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरचोकसम्म पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराइ करारको इञ्जिनियरबाट इस्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ मा बेचन पण्डित, इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म पीसीसी ढलान र नाला निर्माण योजनाको कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो ।
गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको, स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादी श्यामकिशोर मण्डलले उक्त योजनाको लागत अनुमान तयार गरेको, गलत नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको उल्लेख छ ।
साथै प्रतिवादी ओम कुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन मनासिव देखिएको रायसहितको टिप्पणी आदेश पेश गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सोही योजनाको स्थलगत अनुगमन गरी अनुगमन प्रतिवेदन समेत दिएबाट बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म ढलान र नाला निर्माण उपभोक्ता समितिलाई ४ लाख ३ हजार ५८१ रुपैयाँ बढी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष फारुखको मृत्यु भएपनि उनी विरुद्ध मुद्दा दायर गरिएको छ । साथै अध्यक्ष फारुखकी श्रीमती सदरुन निशाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।त्यस बाहेक उपभोक्ता समितिका पदाधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक यादवविरुद्ध मुद्दा दायर
इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फरक-फरक जन्म मितिको नागरिकता पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी बिगो