काठमाडौं । आगमी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि हुने निर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) मा सुहाङ नेम्वाङले दाबेदारी पेश गरेका छन् । उनी स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छो छोरा हुन् । गत भदौ २६ गते सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्र अहिले प्रतिनिधि सभा सदस्य विहीन छ ।
एमालेले इलाम जिल्ला कमिटीले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार चयनबारे अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा सुहाङले निवेदन दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनले आफू उपनिर्वाचनको प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता
पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू
डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने