धनगढी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले-माओवादीसहितको वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने बताएका छन् । यस्तै सकारात्मक अवस्था रहीरहे भविष्यमा वामपन्थी एकतासमेत हुने उनले बताए ।
प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकीर गर्दै कांग्रेससहितको गठबन्धन टुट्नु नै महत्वपूर्ण रहेको बताए ।
नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन-कुन मन्त्रालय पायो भन्ने कुरा महत्वपूर्ण नभएको बताउँदै पोखरेलले भने, ‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौं । आवाञ्छित ढंगले खडा गरिएको कांग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।’
‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ,’ पोखरेलले भने । कांग्रेससँगको गठबन्धन टुटेपछि नयाँ ढंगले राजनीति अघि बढेको बताउँदै उनले यो गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गरे । संरचनागत ढंगले अघि बढ्ने क्रममा भविष्यमा यस्तै अवस्था भए वामपन्थी एकताको कुरा पनि हुनसक्ने भए पनि अहिले नै त्यो बारेमा नसोचेको उनले बताए ।
सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठन गर्न बहुमत नरहेको प्रसंगमा पोखरेलले सबै पक्षसँग संवाद भइरहेको बताए । सुदूरपश्चिममा नाउपालाई सकारात्मक पहल प्रयत्नमा सहभागी बन्नुहोस् भनेर आग्रह गरेको बताउँदै पोखरेलले छलफल जारी रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल