एजेन्सी । जीतसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति ब्रेन्टफर्डमाथि २–१ गोल अन्तरको जीत निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जीतमा डेकलन राइस र काई हाभेर्ट्जले एक–एक गोल गरे । खेलको १९औं मिनेटमा बेन ह्वाइटको क्रसमा हेडरमार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्त्यतिर ब्रेन्टफर्ड खेलमा फर्कियो । योआन विस्साले गोल गरेका हुन् ।
तर खेलको ८६औं मिनेटमा ह्वाइटकै पासमा हाभेर्ट्जले फ्री–हेडर प्रहार गर्दै गोल गरेर आर्सनललाई जीत दिलाए ।
यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल दोस्रोमा छ । लिभरपुलको ६३ तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ ।
प्रिमियर लिगमा आइतवार लिभरपुल र सिटीले एकअर्काको सामना गर्दैछन् । यसको विजेता फेरि शीर्ष स्थानमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ फागुन २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल