काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गरेका छन् । शनिबार उद्योग वाणिज्य संघ जनकपुरधाममा आयोजित राष्ट्रिय मुक्ति क्रान्तिको वृहत संवादात्मक कार्यक्रममा सहभागी हुनजान लागेका महतोले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो टिप्पणी गरेका हुन् ।
नयाँ गठबन्धन सरकारले जनताको इच्छा आकांक्षा पूरा नगर्ने उल्लेख गर्दै उनले नयाँ बनेको सत्ता समीकरणको सरकार कुर्सीको हेराफेरी र भाग मिलाउनका लागि मात्रै भएको टिप्पणी गरे । उनले भने, ‘यो पालैपालो लुटतन्त्र मच्चाउनले कुर्सीको खेल मात्रै हो । यो वा पहिलो जुनसुकै गठबन्धन सरकार आएपनि जनताले केही पाउने होइनन् । उनीहरुबाट विकास हुने होइन । लुटतन्त्र र भ्रष्टाचार चल्ने मात्रै हो । त्यसकारण यो सत्ता समीकरणबाट बनेको सरकारबाट जनताले केही पाउँदैनन् ।’
मधेसवादी दलहरुमा एकताबद्ध हुन नसकेको र महतो आफैँ कही टिक्न नसकेको सञ्चारकर्मीको जिज्ञासामा महतोले स्वार्थको लागि मधेसवादी दलहरू फुट्ने र जुट्ने प्रक्रिया चलिरहने बताए ।मधेसवादी दलहरू एक्ला एक्लै लडेकाले अधिकार र पहिचानवादीहरूको आन्दोलन सफल हुन नसकेको बताएका उनले मधेसमा भएका सबै आन्दोलनको संयुक्त रूपमा राष्ट्रिय मुक्ति क्रान्तिलाई अघि सारेको र त्यसले बहुलराष्ट्रिय राज्य स्थापना गर्ने जिकिर गरे । देश सबै नेपालीको बन्नै नसकेको बताएका उनले त्यो नै आजको समस्या भएको धारणा राखे ।
‘अधिकार, पहिचानको कुनै पनि आन्दोलन हामी एक्ला एक्लै लडेकाले सफल भएन । सम्पूर्ण अधिकार पहिचानवादीको लागि अब राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्वमा एकीकृत आन्दोलन गर्नुपर्छ । मधेस, थरुहट आन्दोलन, जनजाति अन्दोलनलगायतका सबै आन्दोलनको संयुक्त रुप भनेको राष्ट्रिय मुक्ति क्रान्ति हो र यसले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गर्छ’, महतोले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रमलाई भ्रष्टाचार मुद्दामा सफाइ
भ्रष्टाचार मुद्दामा धमाधम फैसला