काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताएका छन् । महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
'नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्', उनले भनेका छन् ।
शिवरात्रीजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले सन्देशमा बताएका छन् ।सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टीका तर्फबाट सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा