बुटवल । लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री मन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको जानकारी दिए ।१० दल र एक स्वतन्त्र सांसद सहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै छ ।
माओवादीले समर्थन फिर्ता लिएसंगै पार्टीबाट सरकारमा सहभागी २ जना मन्त्रीले बुधबार नै राजीनामा दिने तयारी गरेको सो पार्टीले जनाएको छ । माओवादीबाट धनबहादुर मास्की राना र कृष्णा केसी मन्त्री छन् ।माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।
गत वर्ष वैशाख १४ गते ८ दल र एक स्वतन्त्र सांसद गरी ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको थियो ।
केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दलमध्ये लुम्बिनी प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि ४४ सांसद चाहिन्छ ।सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । नयाँ गठबन्धनमा रहेका तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने