धनगढी । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ ।
बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न नाउपाले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको हो ।
पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौ । यसमा एकल निर्णय हुँदैन । पार्टीको हितमा भए सरकारमा जान्छौ । नभए बाहिर बस्छौ ।'
बैठक बिहान १० बजे बस्ने बताइएको छ । काठमाडाैँमा बस्ने बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश