काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सिँचाई आयोजना (सीआईपी) का इन्जिनियर महेश सिंह कठायत, वडा नम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र सोमवार विशेष अदालतमा दायर भएको हो ।
मुगुको साबिकको कालै गा.वि.स. वडा नम्बर ४ हाल सोरु गाउँपालिका वडा नम्बर ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप पत्रमा उल्लेख छ ।
लागत अनुमान लुकाई इस्टिमेट अनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको पाइएको छ ।उपभोक्ता समितिलाई वास्तविक भए गरेको कार्य भन्दा २६ लाख ८२ हजार १४ रुपैयाँ बढी लिई/दिई भ्रष्टाचार गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर