काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको नयाँ सत्ता समीकरणको उद्देश्य र प्रक्रियालाई हेरिरहेको बताए । ‘यसको उद्देश्य र प्रक्रियालाई हामी हेर्छौँ र आवश्यक निर्णय गर्छौँ । त्यसका निम्ति हामी आज दिउँसो ३ बजे पार्टी अध्यक्षको निवास, कोटेश्वरमा सचिवालय बैठक बस्दैछौँ ,’ उनी भन्छन् ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत, नाउपा लगायतको नयाँ सत्ता समीकरण बनेको छ । योसँग कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नाउपा लगायतका दल सम्बद्ध गठबन्धन भत्किएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई