काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकताको लागि पहल गरेको बताएका छन्। कांग्रेससँग गठबन्धन भत्किएर एमालेसँग नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्डले फेरि कम्युनिस्ट एकताको पहल गर्ने बताएका हुन् ।
शहीद सप्ताहका अवसरमा सोमबार सुखानी शहीद परिवारलाई भेट्दै प्रचण्डले कम्युनिस्ट एकताको पहल गरेको बताएका हुन् । ‘हामी शहीदप्रति उच्च सम्मान प्रकट गर्छौ,’ प्रचण्डले भने, ‘हामी आजको मितिदेखि नै कम्युनिस्ट दलबीच एकताको लागि थप पहल गरेका हौं ।’
प्रचण्डले सोमबार नै एमाले, माओवादीसहितको नयाँ गठबन्धन बनाउने समझदारी अगाडि बढाएका छन् । आजै एमाले, माओवादी, रास्वपा र जसपाबाट एकएक मन्त्रीले सपथ लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड