म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गास्थित धवलागिरि माविलाई एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ।
१० जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनर्मिलन अभियान मार्फत रकम संकलन भएको हो।
२०७४ देखि थालिएको अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणि सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए। संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरेको बताए।
दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म २०७ जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका(४ बास्कुना घर भई हाल न्युजिल्याण्डमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी २५ लाख सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा रकम सहयोग गरेका हुन्।
विद्यालयमा हाल करिब २५० विद्यार्थी अध्ययनरत छन्। श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग