चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकको पर्यटन प्रबर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।नेपालको नीति तीन खम्बे अर्थनीति भएकाले पर्यटन प्रबर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताए ।
कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ ।‘भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउनेछ’, सभापति देउवाले भने ।
उनले गठबन्धनको सरकारले निरन्तरता पाउने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन प्रबर्द्धनका क्षेत्रमा काम गर्ने बताए ।सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि पर्याप्त पूर्वाधार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रजले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा लाग्नुपर्छ : देउवा
सभापति देउवासँग सहायक विदेशमन्त्री लूको भेट
कांग्रेस समावेशी लोकतन्त्रको पक्षमा छ : देउवा
बूढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्छु : सभापति देउवा
उपसभापति र महामन्त्रीसँग देउवाको छलफल जारी
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता