काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताउँदै युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवारी दिन चाहेको बताएका छन् । विज्ञान,कानून र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी ,कृषि,पर्यटन ,मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता
पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू
डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने