काठमाडौं । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, ‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।’ पर्वत फुलबारी-२ घर भएका गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी
६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा