६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी

सफल खबर संवाददाता

सोमबार, १७ असार २०८१, १४ : ५१
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्नता नभेटिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रतिवादी बनाउन नपर्ने निष्कर्ष निकालेको छ ।

२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणको अनुसन्धानमा दिपेशको संलग्नता नभेटिएको सीआईबीले जनाएको छ ।सोही आधारमा दिपेश पुनलाई प्रतिवादी नबनाइएको सीआईबीको भनाइ छ । सीआईबीले यस प्रकरणमा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ ।

यस प्रकरणमा नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना अझै फरार रहेका छन् । सोमबार सीआईबीले पत्रकार सम्मेलन गरी यसबीचमा ब्रेकसू र इलेक्ट्रोनिक सामानमा गरी करिब ३२ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस