छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १३ : ५२
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

काठमाडौँको कीर्तिपुर नगरपालिका-६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धादिङको थाक्रे गाउँपालिका-८ काउलेमा बा.१६ च ८११३ नम्बरको बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटनामा हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ८० वर्षीय शेर बहादुर तामाङको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ पठाएको छ ।

उता सर्लाहीको गोडैता  नगरपालिका-८ स्थित सडकमा मधेश प्रदेश ०२-००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका-९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका-२ जय चोकमा प्रदेश १-०१-००१ च.७९६४ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबरीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस