काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको दाबी गरेका छन्।
आइतबार संसदको विशेष समयमा सांसद खतिवडाले नेपाल एयरलाइन्स दिनदिनै कमजोर बन्दै गइरहेको अवस्थामा भएको विमान चलाउनुको सट्टा कमिसनका लागि नयाँ खरिदको चलखेलमा पर्यटन मन्त्री लागेको आरोप लगाएका हुन्।
सांसद खतिवडाले विश्वका अरू देशमा फ्रेजआउट भएको क्यानडामा उत्पादन भएको पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदिन किराती लागि रहेको दाबी गरे। उनले भने, ‘नेपाल एयरलाइन्स अहिलेकै अवस्थामा फेरि जहाज खोज्दैछ। एयरलाइन्सकै अध्ययन समितिले क्यानडाको किन्न सकिँदैन भन्ने सिफारिस गरेको छ। तर खरिदका लागि टेण्डर आह्वान भएको छ। यो सब १८ करोड कमिसन खानका लागि गरिँदैछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
सांसद खतिवडाको प्रश्न- पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ ?
घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैन: सांसद खतिवडा
संवैधानिक पदाधिकारीको नियुक्ति योग्यताको आधारमा हुनुपर्छ : रामहरि खतिवडा