संवैधानिक पदाधिकारीको नियुक्ति योग्यताको आधारमा हुनुपर्छ : रामहरि खतिवडा

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १३ : ०६
संवैधानिक पदाधिकारीको नियुक्ति योग्यताको आधारमा हुनुपर्छ : रामहरि खतिवडा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब संवैधानिक आयोगमा नियुक्त हुने पदाधिकारीको नियुक्त योग्यता र क्षमताको आधारमा हुने विश्वास व्यक्त गरेका छन्।

संवैधानिक (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन १०८१ लाई प्रतिनिधि सभाको बैठकमा पेश गर्दै संवैधानिक नियुक्त भागबण्डाको आधारमा हुन नहुने बताएका हुन्।

उनले भने, ‘यो विधेयकलाई हामीले महत्त्वपूर्ण रूपमा लिएका छौँ। प्रधानमन्त्री अध्यक्ष हुने प्रतिपक्ष दलको नेता सदस्य हुने, प्रधानन्यायाधीश सदस्य हुने, सभामुख, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष सदस्य हुने हुँदा यसबाट प्रस्तावित हुने नियुक्तिहरूमा सबैको आँखा पुग्ने सत्तापक्षले नदेखेको प्रतिपक्षले देख्ने प्रतिपक्षले नदेखेको अदालतले देख्ने भएका हुँदा हामीलाई विश्वास छ संवैधानिक आयोगमा नियुक्त हुने पदाधिकारी भागबण्डाको आधारमा होइन योग्यता र क्षमताको आधारमा मुलुकलाई हाँक्न सक्ने प्रतिनिधिको रूपमा आउनेछन्।’

 

प्रतिक्रिया दिनुहोस