प्रधानसेनापति शर्माले गरे अभ्यास शान्ति प्रयासको अवलोकन

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, १६ : २७
प्रधानसेनापति शर्माले गरे अभ्यास शान्ति प्रयासको अवलोकन

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले पाँचखालमा जारी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन् ।वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा यही फागुन ८ गतेबाट शुरू भएको शान्ति प्रयासको शनिवार अवलोकन गर्न पुगेका शर्मालाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले अभ्यासको बारेमा जानकारी  गराएका थिए ।

सो अवसरमा प्रधान सेनापति शर्माले स्टाफ ट्रेनिङ इभेन्ट र फिल्ड ट्रेनिङ इभेन्टसँग सम्बन्धित कक्षा तथा अभ्यासहरूको अवलोकन गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।

अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ (जीपीओआई)को सहयोगमा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।अवलोकन भ्रमणमा रथीबृन्द, अधिकृत एवं जीपीओआईका प्रतिनिधिहरूको सहभागिता थियो ।नेपालसहित १९ राष्ट्रका सैनिकहरू सम्मिलित उक्त अभ्यास फागुन २१ गतेसम्म चल्ने सेनाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस