चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि दिनरात तयारी गरिरहेका छन्।
भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। सो अवसरमा संघीय सरकारका मन्त्रीहरु,अन्य बिशिस्ठ व्यक्तित्वहरु, ७ वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ।
समारोह हुने स्थान नारायणी नदि किनारलाई सम्याउने,हरियाली बनाउने काम भएको छ। करिव ५० हजार व्यक्ति सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम भईरहेको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए।
उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ। राष्ट्रिय कलाकारहरु बद्री पंगेनी,राजु परियार ,समीक्षा अधिकारी,एलिना चौहान,बिन्दु परियार ,रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिनेछन्।फागुन १८ गतेको समारोह अघि बिहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी,बाजागाजा,आदिवासी जनजातिहरुको भेषभुषा सहितको र्याली निकालिने छ। उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ।
यसैबीच शनिबार मात्रै भरतपुर भ्रमण बर्षको मूल समारोह समितिको बैठक समेत बसेको छ। बैठकमा सहभागीहरुले भरतपुर भ्रमण बर्षले भरतपुरसँगै सिङ्गै चितवनको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनबासीलाई सहभागी हुन आग्रह गरेका छन्।भरतपुरले मुख्य ७ र अन्य गरि २१ वटा गन्तव्यको पहिचान गरि व्यापक प्रचारप्रसार गरिरहेको छ।
चितवन राष्ट्रिय निकुञ्ज ,मेघौली,गोलाघाट,जगतपुर,पटिहानी,विसहजार,बाटुलीपोखरी,ज्ञानेश्वर व्लक,नारायणी र राप्ती नदि,धनगढा मन्दिर ,राईनो ताल,कविलासगढी आदि भरतपुरका मुख्य पर्यटकीय गन्तव्यहरु हुन्। भरतपुरका सानाठूला होटलमा गरी करिव ७ हजार वेडहरु रहेको होटल व्यवसायीहरुले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष