महासमिति सदस्यलाई अनुपम फुडल्याण्डमा आरजुको निम्ता

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १६ : ०३
महासमिति सदस्यलाई अनुपम फुडल्याण्डमा आरजुको निम्ता

काठमाडौँ । कांग्रेस नेतृ आरजु देउवा राणाले महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुसँग छलफल गर्ने भएकी छन् ।

निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बनाउँदा महिलाको प्रतिनिधित्वको विषयमा गरेको प्रस्तावबारे छलफल गर्न उनले महिला महासमिति सदस्यहरुलाई छलफलमा बोलाएकी हुन् । उनले महिला सदस्यहरुलाई शुक्रबार बिहान अनुपम फुडल्याण्डमा आमन्त्रण गरेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस