काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका-९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका-४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् ।
घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते
बारामा क्याम्पस प्रमुखको हत्या
बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द
निजगढ वर्कसपमा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो