ललिता निवासको फैसला आजै आउन सक्ने

सफल खबर संवाददाता

बुधबार, ०२ फागुन २०८०, ०८ : २५
ललिता निवासको फैसला आजै आउन सक्ने

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवतः आज सुनाइने भएको छ । 

गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसाला सुनाउन लागिएको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसाला सुनाउने गरी तयारी भएको छ ।

पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, पुर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन ।

प्रतिक्रिया दिनुहोस