काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेका हुन् ।
उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरेका छन् ।
राजधानीमा आयोजित सभामा मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईँको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र होइन प्रसाईँसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ ।
प्रसाईँ राजसंस्था, गणतन्त्र खारेजी, हिन्दु धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान
दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए दुर्गा प्रसाईँ
दुर्गा प्रसाईं किन भए फरार ?
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह