काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।
शनिवार जनकपुरका सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।
‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ’ थापाले भने, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।’
उनले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे । अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए ।
उनले भने, ‘अहिले देशमा धेरै ठूलो संख्यामा गणतन्त्र चाहनेहरु पनि छन् । गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने, परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको कुरा हामीले गरिरहेका छौं । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा हामीले गरेको हुनाले यो निरंकुश वा कार्यकारी हुने भन्ने त प्रश्नै आउँदैन ।’
अध्यक्ष थापाले आफूहरुले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्र्र्रजातान्त्रिक व्यवस्था कुरा गरेको पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म हारेको छैन, यो मैले जितेको हो : दुर्गा प्रसाईँ
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट : सर्वोच्चमा सकियो सुनुवाइ
दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी
दुर्गा प्रसाईँविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
सकियो दुर्गा प्रसाईँको प्रारम्भिक बयान