काठमाडौ । घर बाटो सिफारिस बापत १५ लाख घुस लिएको आरोपमा पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट रङ्गेहात पक्राउ गरेको थियो।
नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोट र ह्युन्डाईको आईटेन कार पनि बरामद भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा
एन्फाका पूर्वअध्यक्ष थापाले गरे महासचिव राईविरुद्ध मुद्दा दायर
गोदावरीमा अवैध वन उत्खनन, तीन व्यवसायीविरुद्ध मुद्दा
एक वर्षमा थपिए २ लाख २८ हजार मुद्दा, १ लाख ६२ हजार फर्छ्यौट हुन बाँकी
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु