काठमाडौँ । देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सर्वोच्च मातहतका अदालत तथा न्यायधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदनको संख्या एक लाख साठी हजार ३९५ र गत आवमा दर्ता भएका दुई लाख २७ हजार ९६२ गरी जम्मा मुद्दाको संख्या तीन लाख ८८ हजार ३५७ पुगेको हो ।
जसमध्ये ५८.२४ प्रतिशत अर्थात दुई लाख २६ हजार १८५ मुद्दा फर्छ्यौट भएकोमा एक लाख ६२ हजार १७५ मुद्दा बाँकी रहेका छन् । प्रतिवेदनअनुसार गत आवमा अन्य वर्षभन्दा ११.३६ प्रतिशत बढी मुद्दा फर्छौट भएका छन् । पुराना बक्यौता मुद्दा गत वर्षको असार मसान्तसम्म २८.१३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा सर्वोच्च अदालतमा आर्थिक वर्ष जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदन २८ हजार ४३० र गत आर्थिक वर्षमा दर्ता भएका ४१ हजार २४९ रहेकोमा १५ हजार ५२१ अर्थात् ३७.३७ मुद्दा फर्छौट गरिएको छ ।
उच्च अदालतहरूमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन २५ हजार ३६७ र गत आवमा ५५ हजार ८७२ मुद्दा थपिएकोमा ५६ हजार १४ अर्थात् ६८.९५ मुद्दा फर्छौट भएका छन् ।
जिल्ला अदालतहरुमा अघिल्लो आवबाट सरेका एक लाख ४ हजार ६६८ र गत आवमा थपिएका एक लाख ५७ हजार ४ सहित जम्मा दुई लाख ६१ हजार ६७२ मुद्दा कायम रहेकोमा ५७।९५ मुद्दा फर्छौट भएका छन् ।
अन्य अदालत तथा न्यायाधिकरणहरूमा अघिल्लो आवबाट सरेका एक हजार ९२८ र गत आवमा थपिएका दुई हजार २६९ सहित चार हजार १९७ मुद्दा थिए । जसमध्ये ७१.५७ अर्थात् तीन हजार ४ मुद्दा फर्छौट भइ एक हजार १९३ मुद्दा बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता, ५६ कराेड पुग्याे बिगाे
पर्शुराम बस्नेतविरुद्ध अवहेलना मुद्दा दर्ता, बुधबारको पेसी
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’मा