काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।
यही माघ १२ गते विमानस्थलमा अध्यागमनका अधिकृत र प्रहरी कर्मचारीबिच हातपातको घटनामा संलग्न प्रहरीलाई कारबाही र अध्यागमन कर्मचारीलाई उन्मुक्ति दिन सिफारिस गरिएको भन्दै असन्तुष्ट चन्दले राजीनामा दिएको चर्चा चलेको थियो ।
यसअघि गत फागुन १० गते डिआइजी अशोक सिंहले राजीनामा दिनुभएको थियो । ११ चैत २०७२ मा नियुक्ति हुने ३० औं प्रहरी प्रमुखका दाबेदार मानिएका सिंहको जन्ममिति विवाद सार्वजनिक भएपछि राजीनामा आएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा आफूलाई पछाडि पारेर कनिष्ठलाई सिफारिस गरेपछि तत्कालीन प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले गत वैशाख १७ गते राजीनामा दिए । त्यसअघि २०७५ साल माघ २५ गते एसपी नरेन्द्र उप्रेतीले पनि यही आरोप लगाएर पदबाट राजीनामा दिए।
नेपाल प्रहरीमा जागिर छाड्ने यो केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय नेपाल प्रहरीमा विभिन्न कारण देखाएर जागिर छाड्ने क्रम बढेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ माघ २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा देखिने शंकास्पद पोस्टहरु क्लिक नगर्न प्रहरीको आग्रह
प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना बढुवा सिफारिस
चितवन तनावग्रस्तः मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते, रास्वपातर्फ कति ?
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप
सुनसरीमा प्रहरीले चलायो गोली
ई-सेवाले प्रहरीलाई दियो ५१ थान मोबाइल सेट