काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको बताएका छन् । उनले विदेश गएका छोराछोरी नफर्किने भन्दै अब यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको टिप्पणी गरे ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया । हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन् । स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ ।’
सांसदहरु नीति निर्माणको काम छाडेर विकास निर्माणको एजेन्ट भएको भन्दै केसीले आफू आज मात्र भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री र कर्मचारी भेटेर आएको बताए ।
संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न आफूहरुले गरेको प्रयास असफल भएको भन्दै केसीले अहिले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको टिप्पणी गरे । ‘राजनीतिक दलका नेता कार्यकर्ता थन्क्याउने ठाउँ त भएको छ, तर मुलुक संकटमा गरको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?
संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी
वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ : चित्रबहादुर केसी
संसदीय छानबिन समिति माछो माछो भ्यागुतो हुन सक्छ : चित्रबहादुर केसी
सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्यो : चित्रबहादुर केसी