सुर्खेत । दैलेख प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न कानुनको विवादमा परेका दुई बालकलाई पक्राउ गरेको छ । प्रहरीले ती बालकहरूको पहिचान भने गोप्य राखेको छ । उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५ को दैलेख—३५ राखिएको छ ।
माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीय मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको बेला उनीहरुले धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले टाउको, ढाड, छाती, हात खुट्टा तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा १५ जनाका टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो ।
घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा पठाइएको थियो । अहिले पनि उनको आइसियुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
‘घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गरी खोजतलास गर्दा सोमबार उनीहरू बर्दियाको ठाकुरबाबा नगरपालिका–३ स्थित लालेचोक भन्ने स्थानमा लुकीछिपि बसेको पत्ता लाग्यो,’ लम्सालले भने, ‘बर्दिया प्रहरीको समन्वयमा कानुनको विवादमा परेका उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौँ ।’ उनीहरूमाथि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत दैलेखबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति प्राप्त भई बाल निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार
दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि मन्त्रालय रनभुल्लमा
हतियारसहित सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ