काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल गर्नु पूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरूलाई निर्देशन दिएको बताए ।
उनले सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गराउन लागेको र सो बारेमा संसदमा छलफल गर्नु अगाडि दलका सांसदहरूलाई अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको बताए । उनले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताए । उनले बैठकमा अध्यक्ष दाहाल प्रचण्डले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायबारे आवाज उठाउन सदस्यहरूलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा सुरु
संसदमा काँग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने
बजेटअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक
कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप