एभरेष्ट बैंकका ग्राहकलाई धनगढी नेत्रालयमा विशेष छुट

सफल खबर संवाददाता

मंगलबार, २३ माघ २०८०, १३ : २०
एभरेष्ट बैंकका ग्राहकलाई धनगढी नेत्रालयमा विशेष छुट

काठमाडौं। एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।​

बैंकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले अस्पतालबाट ओपीडी तथा आईपीडी र चस्मा तथा फ्रेममा १० प्रतिशतसम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने छन् ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वलकुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।

स्थापना कालदेखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।साथै देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस