काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार पनि बस्ने भएको छ ।
सोमबार बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । उनले सांसदहरूलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए ।
त्यसपछि १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिएका छन् । बाँकी सांसदहरूले भोलि बिहान ९ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने उनले बताए । अन्तिममा अध्यक्ष ‘प्रचण्ड’ले जवाफ दिनेछन् ।
बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड