काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने साथै आय आर्जन वृद्धि हुने कामलाई प्रोत्साहन गर्ने बताएका छन् ।
झापाको शिवसताक्षी गाउँपालिका-३ पारावारिमा मुख्यमन्त्रीसँग योजना र विकाससम्बन्धी जनता संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्रीसम्म वडामात्रै नभई टोलटोल र घरघरका सदस्यहरूको समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगको संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएको बताए ।
‘यसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसको उद्घाटन गरेको भन्दै आलोचना भइरहेको हेर्दा अचम्म लागेको छ,’ उनले भने, ‘सेकुवा हाउस सञ्चालनले स्थानीय स्तरमा आर्थिक गतिविधि, रोजगारी सृजनाका साथै आय आर्जन वृद्धि हुने कामलाई प्रदेश सरकारले प्रोत्साहन गर्नु अपराध हो रु प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक रोजगारी र आय आर्जन हुने कामको प्रोत्साहन गर्छ ।’
लोककल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताए ।
‘प्रदेशभरिका गाउँ र टोलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, शैलजाल आचार्य हृदय रोग केन्द्र विराटनगरको सञ्चालन जस्ता काम गरेको छु,’ उनले भने, ‘आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छु, के त्यो अपराध भयो रु’
आफ्ना बालबालिकालाई भोकै छाडेर समुदायभरिका छोराछोरीलाई खोप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्रोत्साहन, ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान जस्ता कार्यक्रम हुनेखाने वर्गलाई लक्षित योजना काटेर ल्याएको मुख्यमन्त्री कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले पाथिभारा, बराह क्षेत्र, हलेसीमा गर्ने, वृद्ध बुवाआमालाई भारतको विभिन्न धार्मिक स्थलको दर्शनका लागि लग्ने तर आँगनको जुठेल्नामा मन्दिर बनाउने बजेटमा ल्याएइको योजना काटेर हलेसी, पाथीभरा र बराह क्षेत्रका लागि विनियोजन गरेको बताएका थिए ।
उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्यौपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना योजना कटौती गरेको भन्दै गुनासो पोखेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीले आ-आफ्ना टोल, समुदायमा आवश्यक योजनाहरू लिखित रूपमा बुझाएका थिए । त्यस अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा
सर्वोच्चद्वारा केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज माग
नयाँ सरकार गठन आह्वानको तयारी, एमाले–माओवादी संयुक्त छलफलमा
पर्शुराम बस्नेतलाई सोधियो २४ घण्टे स्पष्टीकरण
म संविधानभन्दा एक इन्च पर जान्नँ, संकल्प प्रस्ताव फिर्ता लिनुस् : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित