काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्ने छुट कसैलाई नभएको बताएका छन् । पहुँचको आधारमा कसैलाई छुट दिन नसक्ने बताएका हुन् ।राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको उनको आरोप छ ।
वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ । ‘अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन् कर्मचारीलाई त त्यसो गर्न भएननी भनेर । उद्योग व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ’, गृहमन्त्री श्रेष्ठले थपे, ‘उद्योग व्यवसायीलाई यसो गर्न भएननि हाम्ले कर तिरेका छौँ, अर्थतन्त्र धानेका छौँ भन्छन् । हामीले भनेकै छौँ त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’
शुक्रबारदेखि पोखरामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले जालसाँजी र अपराधमा छुट दिनै नसकिने बारबार दोहोराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
लुम्बिनी प्रदेश सभा बैठक बस्दै