काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् ।
प्रतिनिधि सभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रिय सभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए । गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् ।
सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रूपमा पनि हेरिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् ।
तर, कोशीमै महिलातर्फ एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी र नेता विशेषमा होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : कृष्णप्रसाद सिटौला
ओली प्रधानमन्त्री भए पनि नीतिगत निर्णय कांग्रेसले गरिरहेको छ : कृष्णप्रसाद सिटौला
देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला
सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्यो : नेता सिटौला
कांग्रेस चुनौती सामना गर्न तयार छ : कृष्ण सिटौला
तनावमा कृष्णप्रसाद सिटौला !