काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो बैंक खातामा १ करोड ८० लाख रुपैयाँ नआएको दाबी गरेका छन् । सहकारी प्रकरणमा आफ्नो नाम मुछिएर आएका समाचारको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनको भनाई छ । ‘बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ’ उनले भने ।
पूर्व बैंकर अनिल केशरी शाहले पनि लामिछानेको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनलाई रविको चुनौती : मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
अब पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने
विपद् नियन्त्रणमा सक्रिय हुन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन
दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने सरकार छैन : गृहमन्त्री लामिछाने