काठमाडौँ। नेपाली काँग्रेसले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका निम्ति प्रदेश स्तरमा जाने निर्णय गरेको छ । शनिबार बसेको बैठकबाट निर्वाचनका निम्ति समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा जाने निर्णय गरिएको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।
“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उमेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो,” बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ गते हुने निर्वाचनका निम्ति पार्टीका उमेदवारसँग छलफल गरिएको थियो ।
राष्ट्रियसभाका रिक्त हुन लागेका कुल १९ सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसानुसार नेपाली काँग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : सकियो मतदान, आजै नतिजा आउने
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा मतदान जारी
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध