धनकुटा । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबिच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् । संविधान निर्माण भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबिच सहमति र सहकार्य आवश्यक रहेको बताए ।
बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठुला–ठुला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए । ‘मुलुकमा यति ठुलो राजनीतिक परिवर्तनपछि हामीले ठुलो सङ्घर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ।,’
संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबिच सहकार्य र एकता आवश्यक हुन्छ ।
उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबैै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला
सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्यो : नेता सिटौला
कांग्रेस चुनौती सामना गर्न तयार छ : कृष्ण सिटौला
तनावमा कृष्णप्रसाद सिटौला !
पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको हो : कृष्णप्रसाद सिटौला
राष्ट्रिय सभामा निर्वाचित भएपछि शेखर निवास पुगे सिटौला