काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव गरेको छ। माओवादीले पूर्णकालीन कार्यकर्तालाई निर्वाह खर्च व्यवस्था गर्न प्रस्ताव गरेको हो।
उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित समितिले निर्वाह खर्चको व्यवस्था गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित विधानको धारा ६१ मा यो व्यवस्था उल्लेख छ। पार्टी समितिलाई आवश्यक पर्ने पूर्णकालीन कार्यकर्ता बाहेकका सबै पार्टी सदस्यको आत्मनिर्भर आर्थिक जीवनका लागि श्रम तथा आर्थिक उत्पादनका कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ।
यसको कार्यान्वयनसम्बन्धी समीक्षा प्रत्येक बैठकमा गरिनेछ विधानको मस्यौदामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका दुई जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइयो
गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीको जवाफ राज्य संयन्त्रले दिएको तथ्य हो : सांसद सापकोटा
मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन माओवादीको ह्विप
इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई माओवादीले सघाउने
माओवादी प्रदेश कमिटीबाट बझाङमा जनक बुढा उम्मेदवार सिफारिश
अनुदानको नुन र चामलले जनता अल्छी भए : सांसद विष्ट