काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको लामो समयको अवरोध खुलेसँगै लामिछानेले बोल्न पाएका थिए ।
पछिल्ला बैठकहरूमा लगातार गगन थापाले सहकारी ठगी प्रकरणबारे बोलिरहेका छन् । वैशाख २८ गतेदेखि उनले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि टिप्पणी गर्न थालेका थिए । गृहमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरी आफ्नालागि पत्र लेख्न लगाएको आरोप थापाले त्यस दिन संसद्मा लगाएका थिए ।
महामन्त्री थापाले हरेक बैठकमा लामिछानेको नाम तोकेरै छानबिन समिति बनाउनुपर्ने अडान लिने गरेका थिए । बजेट अधिवेशनको पहिलो दिन नै थापाले पोखराको छानबिन समितिको प्रतिवेदनदेखि महान्यायाधिवक्ता कार्यालयको दुरुपयोगसम्मका विषय जोड्दै गृहमन्त्री लामिछानेलाई खुला चुनौती दिएका थिए ।
पछिल्ला केही दिनमा समिति गठनको कार्यादेश बनाउने कुरामा पनि यही कुरा उठ्दै आएको थियो । एमाले र रास्वपा भने गृहमन्त्रीको नाम किटेर छानबिन समिति बनाउन नसकिने पक्षमा उभिएका थिए भने नेपाली कांग्रेस त्यसको ठिक विपरीत अडानमा अडिग थियो ।
आइतबार संसद्मा बोल्ने मौका पाएपछि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री थापामाथि विभिन्न आरोप लगाए । बाख्राको अनुदान दुरुपयोगदेखि विदेशी एजेन्टसम्मको आरोप संसद् भवनबाट उनले कांग्रेस महामन्त्री थापामाथि लगाए ।
यो पनि
निशानामा गगन
रवि र गगनका बिचमा यसअघि यो हदसम्मको ‘हेट’को सम्बन्ध थिएन । विगतमा दुवै नेता एक अर्काका प्रशंसक नै थिए । लामिछानेले केही महिना अघि संसद्बाट बाहिरिँदै गर्दा थापाको प्रशंसा गर्दै बचाउमा बोलेका थिए । उनले गगन थापाले बाख्रा काण्ड र आफूले सहकारी काण्डबाट कहिल्यै उन्मुक्ति नपाउने र यसमा दुवै जना संलग्न पनि नरहेको भन्दै आक्षेप मात्र खेप्न परेको टिप्पणी गरेका थिए । तर आइतबार गृहमन्त्री लामिछानेले गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप थापामाथि लगाए ।
‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई पनि बाहिर पठाऔँ, संसद्बाट हटाऔँ । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्,’ संसद्मा बोल्दै उनले भने, ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा माथिको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको समाचार आएको, त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर ५ लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको, व्यावसायिक कृषि आयोजना प्याक्टबाट सुनखानी कृषि फार्मको नाममा १५ करोड लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौँको गोल्फूटारमा मासु पसल खोलेको र अनुदान लिएपछि बन्द गरेको समाचार आएका थिए ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि कांग्रेस र एमालेले केही दिनमै कार्यदल बनाउँछ: गृहमन्त्री लेखक
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री
सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित नपार्न गृहमन्त्री लेखकको आग्रह
महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद