काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा गृहमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाउने प्रस्ताव अस्वीकार गर्दै यस्तो बताएका हुन् ।
मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने धारणा राख्दै उनले घटाउनुपर्ने बताएका हुन् । मन्त्रालय थप्ने माग सम्बोधन गर्न नमिल्ने उनले स्पष्ट पारे । उनले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए । गृहमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए ।
गृहमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठुला उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेको बताए । सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए । हस्तकला क्षेत्रको विकासका लागि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान